एसईई : दार्चुलामा उत्तरपुस्तिका जाँच सुरू

दार्चुलामा माध्यमिक शिक्षा परीक्षा (एसईई)अन्तर्गत बिहीबार पहिलो दिन (हिजो) अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ ।  परीक्षा संञ्चालन भएको दोस्रो दिन (आज)  अनिवार्य नेपाली विषयको परीक्षा पनि शान्तीपुर्ण रुपमा सम्पन्न भएको छ ।

आजैबाट जिल्लामा उत्तरपुस्तिका जाँच समेत सुरु गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार जिल्लाभरी विहिबारबाट उत्तरपुस्तिका जाँच सुरु भएको जानकारी दिए ।

आज सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको पनि उनले बताए । यसवर्ष दार्चुलाबाट ८० विद्यालयका ३ हजार ५६८ जना विद्यार्थी एसईईमा सहभागी छन् ।

जिल्लाभरी १७ वटा परीक्षाकेन्द्र कायम गरिएको छ । जिल्लामा नियमित तर्फ २ हजार ५२८ जना र ग्रेडवृद्धी तर्फ एक हजार ४० जना परीक्षार्थी सहभागि भएका छन् ।

यस वर्ष शिक्षा निर्देशिकाअनुसार परीक्षा सम्पन्न भएकै केन्द्रमा सम्बन्धित विषयको उत्तरपुस्तिका तीन दिनभित्र परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ। सोही व्यवस्था कार्यान्वयन गर्दै सम्बन्धित केन्द्रमा काम भइरहेको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.