जिप दुर्घटनामा गम्भीर घाइते ठगुन्नाको उपचारका लागि आर्थिक सहयोगको अपिल

दार्चुला । जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रकाश सिह ठगुन्नाको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवार तथा आफन्तहरूले अपिल गरेका छन्।
चैत्र १७ गते मंगलबार जिल्लाको शैल्यशिखर नगरपालिका वडा –४ देथाला रानिशीखर बगौरा सडक खण्ड अन्तर्गत ओसिलमा भएको जिप दुर्घटनामा परी ठगुन्ना गम्भीर रूपमा घाइते भएका छन् ।
हाल उनको अवस्था नाजुक रहेको र उपचारका लागि ठूलो आर्थिक खर्च आवश्यक परेको चिकित्सकहरूले बताएका छन्। उनी हाल कैलालीस्थित धनगडि माया मेट्रो अस्पतालमा उपचाररत रहेका छन्।

परिवारका अनुसार उपचारमा अपेक्षाकृत बढी खर्च लाग्ने भएपछि आर्थिक अवस्था कमजोर भएका कारण उपचारलाई निरन्तरता दिन समस्या परेको छ। यसै कारण परिवारले सहयोगका लागि सर्वसाधारण, संघ–संस्था तथा सहयोगी मनहरूलाई अपिल गरेको छ ।

दुर्घटनाबाट घाइते भएका ठगुन्नाको टाउको, छाति, हातखुट्टा, फोक्सो र मेरुदण्डमा चोट रहेको उपचारमा संग्लन डाक्टरहरुले बताएका छन् । आफन्तहरुले उनको उपचारमा झण्डै १५ लाख रुपैँया खर्च लाग्ने बताएका छन् ।

“हामीले सक्दो प्रयास गरिरहेका छौँ, तर उपचार खर्च धान्न निकै गाह्रो भएको छ,” परिवारका एक सदस्यले भने, “उनको ज्यान बचाउन सबैको साथ र सहयोग आवश्यक छ।”
सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई परिवारले आर्थिक सहयोगका साथै अन्य सहयोगका माध्यमबाट साथ दिन अनुरोध गरेका छन्। सानो सहयोगले पनि एक जनाको जीवन बचाउन ठूलो योगदान पुग्ने विश्वास परिवारले व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.