मार्मा गाउँपालिकाभरीका विद्यालयहरूलाई वार्षिक प्रतिवेदन पेश गर्न आग्रह

दार्चुलाको मार्मा गाउँपालिका शिक्षा शाखाले आफ्नो क्षेत्रभित्र सञ्चालित सबै विद्यालयहरूलाई वार्षिक प्रतिवेदन पेश गर्न आग्रह गरेको छ। शिक्षा शाखाले एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८२ का गतिविधि, उपलब्धि, चुनौती तथा आगामी योजना समेटिएको विस्तृत प्रतिवेदन तोकिएको समयसीमाभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको हो।

शिक्षा शाखाका अनुसार वार्षिक प्रतिवेदनले विद्यालयको समग्र शैक्षिक अवस्था मूल्याङ्कन गर्न सहयोग पुर्‍याउने विश्वास लिएको छ । साथै यसले आगामी शैक्षिकसत्रको नीति तथा योजना निर्माणमा समेत महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास लिइएको छ।

सूचनामा सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई समयमै प्रतिवेदन पेश गर्न अनुरोध गर्दै ढिलाइ नगर्न समेत सचेत गराइएको छ। तोकिएको ढाँचामा प्रतिवेदन तयार गरी गाउँपालिका शिक्षा शाखामा बुझाउन भनिएको छ।

पालिकाले कक्षा–३–५र कक्षा–८को नजिताको तुलात्मक विश्लेषण सहित अन्य कक्षाको पनि राख्न सकिने जनाएको छ । विद्यालयको नतिजा राम्रो हुन र कमजोर हुनुको कारण अगामी शौक्षिकसत्रमा गर्नुपर्ने कामको बारेमा पनि खुलाउन आग्रह गरेको छ ।

कक्षा–५को हकमा कुन विषय कुन शिक्षकले सिकाई सहजीकरण गरेको त्यसको पनि विबरण पेश गर्न भनेको छ । विद्यालय व्यवस्थापन समिति,अभिभावक र सरोकारवालहरुको उपस्थितिमा शौक्षिक सत्र २०८२को नतिजा प्रकाशन गरेको माइनटको प्रतिलिपि पेश गर्न भनिएको छ ।

Leave A Reply

Your email address will not be published.