सुनको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुनको मूल्य प्रतितोला २६ सय रुपैयाँले घटेको हो ।

आजका लागि प्रतितोला दुई लाख ९१ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ ।अघिल्लो दिन तोलाको दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेर चार हजार ७८० रुपैयाँ कायम भएको छ । हिजो चार हजार ८३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.