दार्चुला । दार्चुलाका तीन जना युवक कैलालीमा ब्राउन सुगरसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा दार्चुलाको नौगाड गाउँपालिका–५ का १८ वर्षीय बसन्त सिंह ठगुन्ना, नौगाड गाउँपालिका–३ का २३ वर्षीय हरि सिंह ठगुन्ना र नौगाड गाउँपालिका–४ का २५ वर्षीय नरेन्द्र सिंह ठगुन्ना रहेका छन्।
उनीहरूलाई कैलालीको धनगढी उपमहानगरपालिका–४ बाट अवैध लागूऔषध ब्राउन सुगर ४ ग्राम १६० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।