Naya Sadar
Badar

माओवादी केन्द्रले कर्मचारीबाट तोकेरै चन्दा असुली गर्दै

Sadar Sano

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ले कर्मचारीबाट तोकेरै चन्दा असुली गरेको खुलेको छ । पार्टीले वडा तथा नगर अधिवेशन गर्ने भन्दै तोकेरै चन्दा असुली गर्न पठाएको पत्र सामाजिक सञ्जाल बाट बाहिरिएको छ ।

Naya Mat patra

माओवादी केन्द्रका नगर अध्यक्ष आनन्दसिंह धामीले हस्ताक्षर गरेको पत्रमा नगर मावि शिक्षकलाई ३ हजार, निमावि शिक्षकलाई २ हजार ५ सय, प्रावि शिक्षकलाई २ हजार र नगर बालविकास शिक्षकलाई १ हजार ५ सय आर्थिक सहयोग दिन तोकेरै पत्र पठाइएको पत्रमा देख्न सकिन्छ । माओवादी केन्द्रले नगर अनमी, जेटीए, ल्याव टेक्निसियन, अमिन, खरिदार र कार्यालय सहयोगीबाट समेत २ हजारका दरले रकम असुलेको सुचना प्रप्त भएको छ ।

पुर्चौडी नगरपालिकाले ३ सय बढी कर्मचारी करारमा भर्ना गरेको र ती सबैबाट वडा र नगर अधिवेशन गर्ने भन्दै तोकेरै रकम असुलेको आरोप समेत लगाइएको छ ।

 

Leave A Reply

Your email address will not be published.