दार्चुलामा मतदान बहिष्कारको मुद्दा संसदमा, पूर्वाधार र प्रशासनिक माग तत्काल सम्बोधन गर्न दबाब

दार्चुला । दार्चुला जिल्लाका दुई मतदान केन्द्रमा भएको मतदान बहिष्कारको विषय प्रतिनिधि सभामा उठाइएको छ । दार्चुलाबाट निर्वार्चित सांसद गणेश सिह ठगुन्नाले प्रतिनिधि सभाको सुन्ने समयमा यसबारे कुरा उठाएका हुन । सांसद ठगुन्नाले गत फागुन २१ गते सम्पन्न निर्वाचनका क्रममा दुई स्थानमा नागरिकहरूले मतदान बहिष्कार गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनका अनुसार नौगाड गाउँपालिका वडा –१ नागु क्षेत्रका स्थानीय बासिन्दाले सडक बाटो निर्माण, खाद्यान्न ढुवानी, झोलुंगे पुल, विद्यालय भवन निर्माण यातायात लगायत आधारभूत पूर्वाधारको अभावप्रति असन्तुष्टि जनाउँदै मतदान प्रक्रिया बहिष्कार गरेका गरेको त्यस्तै, अपिहिमाल गाउँपालिका वडा –३ झुस्कु मतदान केन्द्रका नागरिकहरूले छुट्टै वडा गठनको माग राख्दै मतदानमा सहभागी भएनन्।

सांसद ठगुन्नाले दुवै स्थानका नागरिकका जायज मागहरू यथाशीघ्र सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै आगामी स्थानीय तहको निर्वाचनअघि नै मतदानका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले जनताका आधारभूत आवश्यकता र प्रशासनिक मागहरू बेवास्ता हुँदा लोकतान्त्रिक प्रक्रियामै असर पर्ने चेतावनी समेत दिएका छन् । उनको भनाइले दार्चुलाका दुर्गम क्षेत्रका नागरिकहरूले भोगिरहेका समस्या तथा राज्यप्रतिको अपेक्षा स्पष्ट पार्नुका साथै आगामी निर्वाचनलाई निष्पक्ष, समावेशी र सहभागितामूलक बनाउन सरकारको भूमिका अझ महत्वपूर्ण रहेको संकेत गरेको छ।

Leave A Reply

Your email address will not be published.