दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी दाहालको विदाइ

दार्चुला । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालको विदाई गरिएको छ । मन्त्रालयले उनको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल अन्तर्गत सम्पर्क कार्यालय नेपालगञ्ज सरुवा गरेपछि बुधबार उनको विदाई गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

विदाईभएर गएका दाहालले जिल्ला प्रशासन कार्यालय दार्चुलामा आयोजित कार्यक्रममा कार्यकालको प्रशंसा गर्दै कर्मचारी तथा सहकर्मीहलाई सम्मान व्यक्त गरेका थिए।

कार्यालयका अनुसार दाहालले आफ्नो कार्यकालमा उच्च प्रशासनिक कुशलता, इमानदारिता र जनसेवाप्रतिको गहिरो निष्ठा प्रदर्शन गरेको प्रजिअ पौडेलको भनाई छ ।

कर्मचारी मिलन केन्द्र तथा जिल्ला प्रशासन कार्यालयको संयुक्त आयोजनामा विदाई कार्यक्रममा मायाको चिनो सहित बिदाइ गरिएको प्रशासनले जनाएको छ ।

कार्यक्रमको अन्त्यमा “फेरि भेटौँला” भन्ने भावनासहित सहभागीहरूले उहाँको उज्ज्वल भविष्यको कामना गरेका थिए।

 

Leave A Reply

Your email address will not be published.