मालिकार्जुनमा स्वास्थ्य शाखा प्रमुख ओझाको बिदाइ, इन्जिनियर पाण्डेयको स्वागत

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा लामो समयदेखि सेवारत स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत गुणराज ओझाको विदाई गरिएको छ ।

बुधबार एक औपचारी कार्यक्रमको आयोजना गदैँ जनस्वास्थ्य अधिकृत गुणराज ओझाको विदाई गरिएको हो । उमेर हदका कारण अनिवार्य अवकाशमा गएका ओझाको विदाई गरिएको पालिकाले जनाएको छ ।

गाउँपालिका स्थापना देखि नै निरन्तर सेवा गर्दै आएका ओझाले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पालिकाको टिमले भब्यरुपमा विदाई गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज प्रसाद जोशीले जानकारी दिए ।

उमेर हदका कारण अनिवार्य अवकाशमा गएका ओझाले ०७७ साल कात्तिक २८ गतेदेखि माघ २७ गतेसम्म र पुन:०७८ साल असार २ गतेदेखि मंसिर २० गतेसम्म गाउँपालिकाको प्रशासनिक नेतृत्वसमेत सम्हालेको उनले बताए । विदाई कार्यक्रममा मालिकार्जुन गाउँपालिका परिवारले आगामी जीवन सफल, सुखद र आनन्दमय रहोस् भन्ने कामना व्यक्त गदैँ सुस्वास्थ्य तथा दीर्घायुको कामना व्यक्त गरेको छ।

यसैविच आजै गाउँपालिकामा नवआगन्तुक इन्जिनियर लोकेन्द्र पाण्डेयको स्वागत कार्यक्रम समेत सम्पन्न गरिएको छ। इन्जिनियर पाण्डेयको आगमनले उनको प्राविधिक ज्ञान र अनुभवले गाउँपालिकाको पूर्वाधार विकास तथा समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

Leave A Reply

Your email address will not be published.