सुनचाँदीको मूल्यमा सामान्य गिरावट,आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ३ हजारले घटेर तोलाको २ लाख ९९ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन तोलाको ३ लाख २ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले घटेर ५१३० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५२५० मा कारोबार भएको थियो ।

Leave A Reply

Your email address will not be published.