दार्चुलामा बेपत्ता बालक सकुशल फेला, प्रहरीले आफन्तको जिम्मा लगायो

दार्चुला–दार्चुलामा बेपत्ता बालक सकुशल फेला परेका छन् । दार्चुलाको महाकाली नगरपालिका–५ गल्फैका मनिषा लुहारका चार बर्षीय छोरा दिनेश लुहार बेपत्ता भएकोमा प्रहरीले शनिबार दिउँसो सकुशल फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मनिषाले शनिबार दिउँसो १२ बजेतिर छोरा हराएको बिषयमा प्रहरीलाई खबर गरेको र खोजतलासको क्रममा दिनेश महाकाली नगरपालिका–४ पुल्घाट नजिक फेला परेका प्रहरीले जनाएको छ । सकुशल फेला परेका दिनेशलाई उनकी आमा मनिषा लुहारको जिम्मा लगाएको दार्चुला प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.