सुविस्ताका आधारमा ठेक्का अन्त्य 

कञ्चनपुर, बैशाख १२ 

कञ्चनपुरको बेलडाँडी गाँउपालिकाले एक निर्माण कम्पनीलाई सुविस्ता आधारमा ठेक्का रद्द गरेको छ । आर्थिक बर्ष ०८१÷०८२मा बेलडाँडी गाँउपालिका ३शिवनगर पुलदेखि खैरिघाट चौराह हुँदै बैवाह चौराह जोड्ने सडक आरसिसी स्तरोन्नती गर्ने ठेक्का पाएको निर्माण न्यू जोशी÷नेपाल आर्दश डेभलपर्स जेभीलाई सुविस्ता आधारमा ठेक्का रद्द गरेको हो ।

बेलडाँडी गाँउपालिकाले ५बैशाख ०८२को कार्यपालिका निर्णय अनुरुप विभिन्न कारणले तोकिएको समायावधि भित्र सम्पन्न हुन नसक्दा विनियोजित बजेट फिर्ता गएकोले योजना पुरा गर्न पालिकाको आन्तरिक स्रोतबाट असम्भव भएकाले निर्माण व्यवसायी न्यू जोशी÷नेपाल आर्दश डेभलपर्स जेभीलाई सुविस्ता आधारमा ठेक्का रद्द गरेको जनाएको छ । १०बैशाख ०८३मा कम्पनीलाई पत्र लेखेर सुविस्ताका आधारमा ठेक्का अन्त्य गरेको उक्त कम्पनीका संचालक प्रतिनिधी अजब बहादुर विष्टले बताए । उनले आफुले काम गर्दा गर्दै पालिकाले काममा ढिलाई गरेको भन्दै तोडेको तर, समान प्रकृतिका अरुको म्याद थप गरेपछि आफु न्यायालय पुगेको बताए । आफुलाई साईड क्लियर नदिदा तोकिएको समयमा काम गर्न नसकेको विष्टको दावि छ । उनले ०८३जेठ मसान्तसम्मका लागि बैंक ग्यारेन्टी समेतको माग दावि गरेका थिए । २१साउन ०८२मा उच्च अदालत दिपायल ईजलासले पालिका बिरुद्ध गरेको अल्पकालिन आदेशमा पालिकाले लिखित जवाफ दिएको थियो ।

कार्यपालिका बैठकले २६मंसिर ०८१मा सम्झौता भएको ठेक्का सम्झौता अनुरुप ठेक्का शुरु नगरेको भन्दै तोकिएको सीमाभित्र सम्पन्न भएको तर निवेदन दिएको आधारमा ४असार ०८२मा २० असार ०८२सम्म म्याद थप गरिएको उक्त अवधिमा समेत काम गर्न नसकेको भन्दै २५ असार ०८२मा गाँउपालिकाको बैठकले ठेक्का तोडिएको थियो । १२ मंसिर ०८१मा २करोड, १०लाख, २३ हजार, २८रुपैयामा सम्झौता भएको थियो ।

Leave A Reply

Your email address will not be published.