कांग्रेस संसदीय दलको नेता बने भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाएको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेता चयन गरेको हो ।

लामो रस्साकस्सीपछि कांग्रेसले संसदीय दलको नेता पाएको हो । दलको नेताका लागि आङ्देम्बेसहित अर्जुननरसिंह केसी र मोहन आचार्य पनि आकांक्षी थिए । तर केसीले सर्वसम्मत नहुने भए चुनाव नलड्ने घोषणा आइतबार मात्रै गरेका थिए ।

कांग्रेसले सहमतिमा दलको नेता चयन गर्न उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वको समिति गठन गरेको थियो । समितिले आङ्दाम्बेको नाममा सहमति जुटाएको हो ।

 

Leave A Reply

Your email address will not be published.