सशस्त्र प्रहरी बलको आईजीपीमा नारायण दत्त पौडेल बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजी नारायणदत्त पौडेललाई बढुवा गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले एआईजी पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो । हालका आईजीपी राजु अर्यालयले वैशाख १८ देखि आईजीपीको चारवर्षे कार्यकाल पूरा गरेर अवकाशमा जाँदै छन् । अर्यालले २०७९ वैशाख १९ देखि सशस्त्रको कमान्ड सम्हालेका थिए ।

सरकारले उनी अवकाशमा जान चारदिन बाँकी हुँदै नयाँ आईजीपीमा पौडेललाई नियुक्त गरेको हो ।

आईजीपीका लागि एआईजीद्धय बंशी दाहाल र गणेश थापा मगर पनि प्रतिस्पर्धामा थिए । तर, सरकारले बरियताको एक नम्बरमा रहेका पौडेललाई आईजीपी नियुक्त गरेको हो ।

Leave A Reply

Your email address will not be published.