दार्चुलामा यू–१९ पुरुष तथा महिला जिल्ला स्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु (भिडिओ सहित)

दार्चुला । दार्चुलामा यू–१९ पुरुष तथा महिला जिल्ला स्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ।

क्रिकेट संघ दार्चुलाका अनुसार बैशाख १४ गतेदेखि १६ गतेसम्म शिबनगर खेलमैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ।

प्रतियोगितामा पुरुषतर्फ ४० जना र महिलातर्फ २४ जना गरी जम्मा ६४ जना खेलाडीको सहभागिता रहेको छ।

यस छनोट प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई आगामी प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगिताका लागि छनोट गरिने जनाइएको छ।

Leave A Reply

Your email address will not be published.