दार्चुला, — कोठेधार–टिङ्कर सडक आयोजनाअन्तर्गत निर्माणाधीन राङ्थल–फुल्चिमधार सडकखण्डको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ।

श्री नम्बर २५ बाहिनी अड्डा भगतपुर ब्यारेक कञ्चनपुरबाट आउनुभएका बाहिनीपति विजित राज रेग्मी तथा टिङ्कर सडक आयोजनाका आयोजना प्रमुख सेनानी राजेश कटुवालको टोलीले उक्त सडकखण्डको निरीक्षण गरेको हो।

निरीक्षणका क्रममा टोलीले निर्माण कार्यको प्रगति, भौगोलिक अवस्था तथा प्राविधिक चुनौतीबारे जानकारी लिएको थियो। साथै, सडक आयोजनाको वर्तमान वस्तुस्थिति बुझ्दै निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिइएको बताइएको छ।

टोलीले व्याँस गाउँपालिका–२ दुम्लिङसम्म छिट्टै गाडी, जिप तथा ट्र्याक्टर सञ्चालन हुने गरी काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको स्रोतले जनाएको छ।

स्थानीय स्तरमा सडक विस्तारले यातायात पहुँच सुधार गर्ने तथा दुर्गम क्षेत्रका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.