Naya Sadar
Badar

बैतडीमा कांग्रेस अधिवेशन क क्षेत्रमा विष्णुप्रसाद भट्ट र ख क्षेत्रमा शिवराज भट्ट प्यानल विजयी

Sadar Sano

दार्चुला -नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा शनिबार सम्पन्न भएको प्रदेश क्षेत्रीय अधिवेशनको नतिजा आएको छ । बैतडी प्रदेश सभा क्षेत्र क को सभापतिमा विष्णुप्रसाद भट्ट ३१९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी हिमालयबहादुर बमले ३१५ मत प्राप्त गरेका छन् ।

उपसभापतिमा कर्णबहादुर जागरी ३४२ र हर्कबहादुर बिष्ट ३२८ मत ल्याएर विजयी भएका छन् । उनीहरुका निकटतम् प्रतिद्वन्दी नवीनराज अवस्थीले २५९ र राजेन्द्रप्रसाद अवस्थीले २६२ मत ल्याए । सचिवमा रिकेशबहादुर बोहरा ३३७ र तेजबहादुर साउँद ३४४ मत ल्याएर विजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्दी भुवनराज भट्टले २४९ र अमरसिंह धामीले २५६ मत ल्याएका छन् ।

Naya Mat patra

सहसचिव पदमा अम्बादत्त पन्त ३५२ र दीपकसिंह धामी ३२६ मत ल्याएर विजयी भएका छन् । उनीहरुका निकटतम् प्रतिद्वन्दी गणेशसिंह साउँदले २५२ र रामचन्द्र महराले २४७ मत ल्याएका मतदान अधिकृत रनबीरसिंह धामीले बताए । बैतडी प्रदेश सभा क्षेत्र क जिल्ला सभापतिका उम्मेद्वार शिवराज भट्टको प्यानलले पदाधिकारीमा विजय हाँसिल गरेको हो । क्षेत्र नं क मा ६४५ मत खसेको थियो ।

यस्तै नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा शनिबार सम्पन्न भएको प्रदेश क्षेत्रीय अधिवेशनको नतिजा आएको छ । बैतडी प्रदेश सभा क्षेत्र ख को सभापतिमा शिवराज भट्ट ३४५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी महेशदत्त भट्टले ३०९ मत प्राप्त गरेका छन् ।

उपसभापतिमा नरेशबहादुर चन्द ३६९ र मोहनबहादुर चन्द ३४९ मत ल्याएर विजयी भएका छन् । उनीहरुका निकटतम् प्रतिद्वन्दी देवबहादुर चन्दले २७१ र राकेशसिंह बिष्टले २१४ मत प्राप्त गरे । सचिवमा देवदत्त भट्ट ३७५ र धनबहादुर क्षेत्री ३४७ मत ल्याएर विजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्दी कृष्णबहादुर बोहराले २२८ र प्रेमबहादुर चन्दले २६५ मत ल्याएका छन् ।

सहसचिव पदमा महादेवसिंह धनाडीले ३६५ र महेशसिंह बिष्टले ३७९ मत ल्याएर विजयी भएका छन् । उनीहरुका निकटतम् प्रतिद्वन्दी रतनसिंह कार्कीले २३६ र रमेश मेहताले २२५ मत ल्याएका मतदान अधिकृत घनश्याम लेखकले बताए । बैतडी प्रदेश सभा क्षेत्र ख मा जिल्ला सभापतिका उम्मेद्वार चतुरबहादुर चन्दको प्यानलले पदाधिकारीमा विजय हाँसिल गरेको हो । क्षेत्र नं ख मा ६७५ मत खसेको थियो ।

Leave A Reply

Your email address will not be published.