डोटीमा जिपबाट खसेर एक बालिकाको मृत्यु

दार्चुला – डोटीमा जिपबाट खसेर एक बालिकाको मृत्यु भएको छ । दिपायलबाट डडेल्धुरा गइरहेको से १ज ७१६ नम्बरको जीपबाट खसेर डोटीको शिखर नगरपालिका –८ की १५ वर्षीया आशा विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी आशाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

जिप चालक डडेल्धुराको अमरगढी नगरपालिका –१ का ३० वर्षीय खडकबहादुर ऐरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave A Reply

Your email address will not be published.