बैतडीमा महिलामाथि कुटपिट, एक युवक पक्राउ

दार्चुला – बैतडीमा एक महिलामाथि कुटपिट गरिएको छ। जिल्लाको शिवनाथ गाउँपालिका (२ फट्केढुंगाकी ४९ वर्षीया चम्पादेवी साउँदमाथि कुटपीट गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार डडेल्धुराको भागेश्वर गाउँपालिका (१ का १८ वर्षीय सन्दीप सार्कीले उनीमाथि कुटपिट गरेका हुन्। देगडा मेला हेर्न आएका सन्दीपले एकल महिला साउँदको टाउकोमा हिर्काएको प्रारम्भिक जानकारी आएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

घाइते चम्पाको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भईरहेको र सार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए। प्रहरीले महिलामाथि कुटपिटको कारण खुल्न नसकेको बताएको छ भने स्थानीयहरुले गरगहना लुट्नका लागि सार्कीले कुटपिट गरेको आरोप लगाएका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.