दार्चुला । दार्चुलामा अन्तर इकाइ कार्यसम्पादन मुल्याङ्कन २०८२ अन्तर्गत प्रथम त्रैमासिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। गत पुस ७ गतेदेखि कार्यान्वयनमा ल्याइएको उक्त मुल्याङ्कन प्रणाली अन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकृतहरूलाई प्रशंसा पत्र प्रदान गरिएको हो ।
समिक्षामा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका कार्यालय प्रमुख प्रहरी निरज सिंह भाट, इलाका प्रहरी कार्यालय रिठाचौपाताका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक प्रेम बहादुर साउद, प्रहरी चौकी दल्लेखका चौकी प्रमुख प्रहरी सहायक निरीक्षक दिर्ग बहादुर ऐर तथा धुलिगडाका पोष्ट इन्चार्ज प्रहरी सहायक निरीक्षक हर्क बहादुर ऐर उत्कृष्ट घोषित भएका छन् । सम्मानित भएका उनीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलानका प्रमुख डिएसपी गौरव महतले प्रशंसा पत्र प्रदान गरेको जनाएको छ । सो अवसरमा उपस्थित प्रहरी कर्मचारीहरूलाई कार्यसम्पादन मुल्याङ्कन प्रणालीलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक निर्देशन समेत दिइएको बताइएको छ । कार्यक्रमले प्रहरी संगठनभित्र उत्तरदायित्व, पारदर्शिता तथा कार्यसम्पादनमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।
