आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । मंगलबारको तुलनामा आज ५ हजार ८०० रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार २ लाख ९१ हजारमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।