दार्चुलाको महाकालीमा हाजिर भए नयाँ प्रमुख प्रशासकीय अधिकृत भट्ट

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तर्कराज भट्ट हाजिर भएका छन् । नगरपालिमा सोमबार (आज ) देखि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत भट्टलाई स्वागत समेत गरिएको छ ।

प्रमुख प्रसासकिय अधिकृतलाई महाकाली नगरपालिकाका नगर प्रमुख उप प्रमुख लगायत कर्मचारीहरुले स्वागत गरेका छन् । उद्योग बाणिज्य मन्त्रालयबाट सरुवा भएका उपसचिव  भट्टले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्बेवारी समाल्नु भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महाकाली नगरपालिका सहित जिल्लाको अपिहिमाल, मालिकाार्जुन गाउँपालिकामा समेत नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । जसमध्ये यी दुबै गाउँपालिकामाहरुमा यसअघि नै नयाँ प्रमुख अधिकृतहरुले कार्यभार समालिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.