दार्चुला । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक सहयोगमा केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा मार्मा गाउँपालिका–३ लटिनाथमा एक दिने वित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न भएको छ ।
तालिममा स्थानीय सर्वसाधारण तथा सहकारीका सदस्यहरुलाई बचतको महत्व, ऋणको सही सदुपयोग, वित्तीय अनुशासन, आयआर्जन व्यवस्थापन तथा सहकारीमार्फत आर्थिक सशक्तीकरण सम्बन्धी जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागीहरुले दैनिक जीवनमा वित्तीय योजना आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले आर्थिक व्यवहारलाई व्यवस्थित बनाउन सहयोग पुगेको बताएका छन् ।
आयोजक संस्थाले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै सहकारी शिक्षा र चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।