बैतडी । नेपाल–भारत सीमामा पर्ने महाकाली नदी किनारमा भइरहेको अवैध उत्खनन विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उजुरी परेपछि सम्बन्धित निकायले चासो देखाएका छन्।
बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाले अवैध उत्खननबारे उजुरी परिसकेको र कानुनअनुसार प्रक्रिया अघि बढाइने जानकारी दिए। ‘यस विषयमा अख्तियारमा उजुरी परिसकेको छ, अहिले उत्खननको काम रोकिएको छ। अब आवश्यक कारबाही प्रक्रिया अघि बढ्छ,’ उनले भने।