डोटीमा २ जनाबीच हानाहान, एकको मृत्यु

दार्चुला – डोटीमा झै–झगडा हुँदा एक जनाको मृत्यु भएको छ।

आइतबार दिउँसो टेकबहादुर मगरको घर छाई खाना खाने क्रममा बोगटान गाउँपालिका–१ उल्टेपानीका ४९ वर्षीय धनबहादुर मगरको मृत्यु भएको हो।

मृतक मगर र ३२ वर्षीय मिलन मगरबीच विवाद हुदा हानाहानमा परिणत भएपछि धनबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घाइते उनको उपचारको लागि दिपायलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। झगडामा संलग्न मिलन मगरलाई प्रहरी ले

नियन्त्रणमा लिइसकेको छ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.