दार्चुला ।दार्चुलामा उद्घोषण कला तथा निर्णय क्षमता विकास तालिम सम्पन्न भएको छ । फेबरेट मिडिया प्रालिकोआयोजना र महाकाली नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो ।
दार्चुला विकास संगठनको सभाहलमा जेठ ८ गते देखि सुरू भएको यो तालिम शनिबार (आज) समापन गरिएको आयोजकले जनाएको छ ।
जेष्ठ नागरीक महिला तथा बालबालिका माझ उप प्रमुख कार्यक्रम मार्फत महिलाहरुलाई उद्घोषण कला तथा निर्णय क्षमतामा विकास गर्ने उद्देश्यले यो तालिमको आयोजना गरिएको आयोजक फेबरेट मिडिया प्रालिका प्रबन्ध निर्देशक कृष्ण सिह धामीले जानकारी दिए ।
तालिममा सहभागी महिलाहरूले आफ्नो नेतृत्व क्षमता अभिवृद्धि गर्ने, प्रभावकारी रूपमा सञ्चार गर्ने र महत्त्वपूर्ण निर्णयहरू लिन सक्षम बनाउने सीपहरू सिकेका छन्।
यस किसिमको तालिमले महिलाहरूलाई समाजमा अझ सक्रिय रूपमा सहभागी हुन र आफ्नो अधिकारका बारेमा आवाज उठाउन सशक्त बनाउने विश्वास गरिएको छ।
कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको छ ।
सहभागीहरूले तालिममा सिकेका कुराहरूलाई आफ्नो व्यक्तिगत र पेशागत जीवनमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस तालिमले स्थानीय समुदायका महिलाहरूलाई थप आत्मविश्वासका साथ नेतृत्वदायी भूमिका निर्वाह गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।