सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा गायिका दिपा रोकाया नियुक्त

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्यमा दार्चुलाकी गायिका दिपा रोकायालाई नियुक्त गरेको छ।

दार्चुलाको अपिहिमाल गाउँपालिका वडा–३ घर भएकी गायिका रोकायालाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सो पदमा नियुक्त गर्नुभएको हो।

मुख्यमन्त्री कार्यालयद्वारा जारी गरिएको नियुक्ति पत्र अनुसार, ’सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ (पहिलो संशोधन सहित)’ को दफा ८ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको जेठ १२ गतेको सिफारिसका आधारमा रोकायालाई नियुक्त गरिएको जनाएको छ ।

उनलाई सोही ऐनको दफा ७ को उपदफा (२) को खण्ड (घ) बमोजिम प्रज्ञा सभाको सदस्य पदमा नियुक्ति दिइएको पत्रमा उल्लेख छ।

मुख्यमन्त्री शाहद्वारा हस्ताक्षरित पत्रमा गायिका रोकायालाई प्रचलित कानूनको अधिनमा रही तोकिएको जिम्मेवारी सम्पादन गर्न भनिएको छ भने प्राज्ञ सभा सदस्य पदमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै कार्यकालको पूर्ण सफलताको कामना समेत गरिएको छ।

लामो समयदेखि लोक देउडा तथा स्थानीय संस्कृतिको संरक्षणमा सक्रिय रहेकी रोकायाले प्रदेश सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताए ।

Leave A Reply

Your email address will not be published.