दीपक खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वऊर्जामन्त्रीसमेत रहेका पार्टीका नेता दीपक खड्कासहित ३ जनामाथि स्पष्टीकरण सोधेको छ।

अनुशासन समितिले गत जेठ २० गते ५ दिनको समय दिएर उनीहरूलाई स्पष्टीकरण सोधेको थियो।

निवर्तमान आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री खड्का, संखुवासभा सचिव कुमार अधिकारी र महाधिवेशन प्रतिनिधि थलकुमार लिंखालाई अनुशासन समितिले स्पष्टीकरण सोधेको हो।

फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै उजुरी आएपछि यस विषयमा के भएको हो भनेर अनुशासन समितिले ३ जना नेताहरूलाई स्पष्टीकरण सोधेको थियो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.