कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी

दार्चुला  –  नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन्। बुधबार आज  सार्वजनिक मत परिणामअनुसार चन्दले ८०९ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्दी शिवराज भट्टले ४८९ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिनुभयो।

यस्तै‚ उपसभापतिमा वीरबहादुर विष्ट र खगेन्द्रसिंह धामी विजयी भएका छन्। सचिवमा प्रेमबहादुर चन्द र देवराज जोशी विजयी भएका छन्। भने सहसचिवमा दीपेन्द्रबहादुर चन्द र दशरथसिंह चाड विजयी भएका छन्।

उपसभापतिमा शिवराज भट्ट प्यानलका बीरबहादुर बिष्ट बाहेक अरु सबै पदमा चन्द प्यानलका उम्मेद्वार विजयी भएका हुन् । बिष्टले ६५८ मत प्राप्त गरेर विजय हासिल गरेका छन् । यस्तै अर्को उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामीले ६२४ मत प्राप्त गरेर विजय हासिल गरेका छन् ।

उपसभापति पदमा चन्द प्यानलका रमेशदत्त पाण्डे ६०८ र भट्ट प्यानलका हरिसिंह धामी ५५२ मत ल्याएर पराजित भएका छन् ।

यस्तै सचिव पदमा चन्द प्यानलका प्रेमबहादुर चन्दले ६४० र देवराज जोशीले ६३३ विजयी भएका छन् । भट्ट प्यानलका रमेशसिंह भण्डारी ५९५ र कर्णबहादुर बोहरा ५२९ मत ल्याएर पराजित भएका छन् ।

सहसचिवमा पदमा चन्द प्यानलका दिपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएका छन् । भट्ट प्यानलका घनश्याम भट्ट ५३० र रमेश कोली ५७४ मत ल्याएर पराजित भएका छन् ।
उपसभापति विष्टबाहेक पदाधिकारीमा विजयी चन्द प्यानलका हुन्। बैतडीमा १ हजार ४०२ जना प्रतिनिधिमध्ये १ हजार ३४८ मत खसेको थियो।

 

 

Leave A Reply

Your email address will not be published.