दार्चुला – लेकम गाउँपालिकाको एम्बुलेन्स नेत्रबिक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले नियन्त्रणमा लिएको छ ।
एम्बुलेन्समा स्थानीयबाट मदिरा ओसारपसार गर्ने, लुकिछिपि बिरामी बाहेकका यात्रुहरुलाई बोक्ने लगायत विभिन्न गुनासो आउन थालेपछि मंगलबार राती १० बजे ऐरीछानाबाट नियन्त्रणमा लिइएको विप्लव दार्चुलाका सचिव भरत मल्लले जानकारी दिनुभयो । राती बिहेको सामान बोकिरहेको अवस्थामा एम्बुलेन्स नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
सु-प-प्र ०२००१ च ८५० नम्बरको एम्बुलेन्स विप्लव दार्चुलाको नियन्त्रणमा रहेको बताइएको छ । हिजो राति १० बजे नियन्त्रणमा लिएको एम्बुलेन्स फिर्ता गर्ने विषयमा कुरा भइरहेको छ।
विप्लपले ऐरीछानाबाट प्रक्राउ गरेको एम्बुलेन्सबाट बिहेको सामान बरामद गरेको भनेर मिडिया र सामाजिक सञ्जालमा तस्बीरहरु राखिएका छन् ।