दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम गाउँसभाको १९औँ अधिवेशनमा पेश गरिएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, पूर्वाधार विकास, सुशासन तथा सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने हुन्छ ।
सोही अनुसार गाउँपालिकाका अध्यक्ष जमन सिह धामीले गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा नागरिकमैत्री सेवा प्रवाहलाई विशेष जोड दिइएको छ।
गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि सदस्यहरूले छलफल गर्ने तथा प्राप्त सुझावका आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने गाउँपालिकाले जनाएको छ।
आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रमले समृद्ध, आत्मनिर्भर र सुशासित स्थानीय सरकार निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरिएको छ।
गाउँसभाको १९औँ अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।