दार्चुलाको मार्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५१ करोड २३ लाख १२ हजाररुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बुधबार गाउँपालिकाले विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित बजेट गाउँसभामा ल्याएको हो ।
पालिकाले बुधबार आयोजित १९औँ गाउँसभामा उपप्रमुख शर्मीला कुमारी चन्द सिंहलेबजेट प्रस्तुत गर्दै चालुतर्फ ३७ करोड ३५ लाख ५ हजार रुपैयाँ र पूँजीगततर्फ १३ करोड ८८लाख ७ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
यसअघि गाउँसभामा पालिका प्रमुख जमन सिह धामीले गाउँपलिकाको नीति तथा कार्यक्रम पेश गरेका थिए । नीति तथा कार्यक्रम पेश गर्दै उनले विगतमागाउँपालिकाले सञ्चालनमा ल्याएका कार्यक्रमहरुलाई निरन्तरता दिएको उल्लेख गरेका थिए ।