दार्चुलाको अपिहिमाल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४४ करोड ३५ लाख ४४ हजाररुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बुधबार गाउँपालिकाले विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित बजेट गाउँसभामा ल्याएको हो ।
पालिकाले बुधबार आयोजित २२ औँ गाउँसभामा उपप्रमुख देवकी बोहराले बजेट प्रस्तुत गर्दै चालुतर्फ २४ करोड ६२ लाख ८२ हजार रुपैयाँ र पूँजीगततर्फ १८करोड ६९लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
यसअघि गाउँसभामा पालिका प्रमुख भगत सिह ठेकरे बोहराले गाउँपलिकाको नीति तथा कार्यक्रम पेश गरेका थिए । नीति तथा कार्यक्रम पेश गर्दै उनले विगतमागाउँपालिकाले सञ्चालनमा ल्याएका कार्यक्रमहरुलाई निरन्तरता दिएको उल्लेख गरेका थिए ।