दार्चुला । दार्चुलाको दुहु गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ करोड ७० लाख ७४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बुधबार गाउँपालिकाले विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित बजेट गाउँसभामा ल्याएको हो ।
पालिकाले बुधबार आयोजित १८ औँ गाउँसभामा उपप्रमुख शान्ती बमले बजेट प्रस्तुत गर्दै चालुतर्फ २८ करोड ७ लाख ४२ हजार रुपैयाँ र पूँजीगततर्फ ९ करोड ६३ लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
यसअघि गाउँसभामा पालिका प्रमुख नरेन्द्र बहादुर सिह बडालले गाउँपलिकाको नीति तथा कार्यक्रम पेश गरेका थिए । नीति तथा कार्यक्रम पेश गर्दै उनले विगतमागाउँपालिकाले सञ्चालनमा ल्याएका कार्यक्रमहरुलाई निरन्तरता दिएको उल्लेख गरेका थिए ।