मार्मा गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषित

दार्चुलाको मार्मा गाउँपालिकालाई एक कार्यक्रमका बीच ’पूर्णखोप पालिका सुनिश्चितता तथा दीगोपना’ घोषणा गरिएको छ। “पूर्णखोप सुरक्षित भविष्य“ भन्ने मूल नाराका साथ मार्मा गाउँपालिका खोप समन्वय समितिको आयोजनामा उक्त घोषणा कार्यक्रम सम्पन्न भएको हो।

मार्मा गाउँपालिकाभित्रका २३ महिनाभित्रका सबै बालबालिकालाई १५ महिनाभित्र लगाउनु पर्ने सबै प्रकारका खोप लगाइएको निश्चित गरी पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाहरूले नेपाल सरकारले तोकेका सम्पूर्ण खोपहरू पाएको सुनिश्चित भएपछि यो घोषणा गरिएको बताइएको छ ।

खोप अभियानलाई सफल पार्न अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई उनीहरूको योगदानको उच्च कदर गर्दै कार्यक्रममा प्रशंसा–पत्रद्वारा सम्मानित गरिएको छ।

स्थानीय तह हुँदै केहीदिनभित्रै जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.