दार्चुला। दार्चुला सदरमुकाम खलंगास्थित खुल्लामञ्चमा निर्माणाधीन कभर्डहलको निर्माण कार्य सम्पन्न गर्न संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
सघन सहरी तथा भवन निर्माण आयोजना, पाटन बैतडीका आयोजना प्रमुख इन्जिनियर झंकबहादुर थापाका अनुसार कभर्डहलको बाँकी निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित आगामी भदौको पहिलो साताभित्र ठेक्का (टेन्डर) प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।
आयोजना प्रमुख थापाले निर्माण कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिँदै समयमै ठेक्का प्रक्रिया पूरा गरी निर्माणलाई तीव्रता दिइने बताए।
कभर्डहल निर्माण सम्पन्न भएपछि दार्चुलामा खेलकुद, सांस्कृतिक तथा विभिन्न सार्वजनिक कार्यक्रम सञ्चालनका लागि आधुनिक पूर्वाधार उपलब्ध हुने अपेक्षा गरिएको छ।