Naya Sadar
Badar

दार्चुलामा ६० प्रतिशत घरधुरीमा विद्युतिकरण गर्न बाँकी

Sadar Sano

दार्चुला । ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना लगायत साना ठूला दर्जनौ लघुजलविद्युत उत्पादन गरेको दार्चुलामा अहिलेसम्म ६० प्रतिशत घरधुरी अन्धकारमा बस्न बाध्य छन । विद्युत वितरण केन्द्र दार्चुलाका अनुसार ३९ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ। केहि घरधुरीमा लघु जलविद्युत र सोलारहरु भएपनि अधिकासं घरधुरी अन्धकारमा छन् । २०६८ सालको जनगणनाअनुसार दार्चुलाका २४ हजार ६ सय १८ घरधुरीमध्ये ९ हजार ३ सय २० घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगेको छ । जिल्लाका विभिन्न स्थानमा विद्युतीकरण गरिएको र चालू आर्थिक वर्षमा जिल्लाका नौ वटै स्थानीय तहमा विद्युतीकरण गरिसक्ने नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ। सन् २०२२ सम्ममा नेपालको सम्पूर्ण भूभागमा विद्युत पु¥याउने लक्ष्य लिएको नेपाल सरकारले १ वर्षभित्र दार्चुलामा पनि विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको छ ।

यस्तै प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार कुल सात सय ५३ पालिकामध्ये चार सय ७१ पालिकामा ९० देखि १०० प्रतिशत नै विद्युतीकरण भएको छ । यस्तै, एक सय १३ पालिकामा ६५ देखि ९० प्रतिशत विद्युतीकरण भएको छ । ४५ पालिकामा ३५ देखि ६५ प्रतिशत, ६३ पालिकामा ५ देखि ३५ र ६१ पालिकामा पाँच प्रतिशतको हाराहारीमा मात्रै बिजुली उपलब्ध भएको छ । दिगो विकास लक्ष्यले निर्धारण गरेको क्षेत्रमध्ये ऊर्जाको उपलब्धता पनि महत्त्वपूर्ण रहेको छ ।

Naya Mat patra

सुदूरपश्चिम प्रदेशका कुल नौ जिल्लाका पाँच लाख ४७ हजार ६ सय ७१ घरमध्ये अहिलेसम्म ७१ दशमलव ०७ प्रतिशतमा बिजुलीको केन्द्रीय प्रसारण लाइन पुगेको छ । त्यसमा बाजुरामा १३ दशमलव ४४, बझाङमा २१ दशमलव ५८, दार्चुलामा ४० दशमलव ५८, बैतडीमा ३४ दशमलव ३६ र अछाममा ४५ दशमलव ३५ प्रतिशतमा बिजुली उपलब्ध छ । बाजुराको पाँच, बझाङको एक, अछामको दुई, बैतडीको तीन, दार्चुलाको दुई पालिका अझै पनि बिजुलीको पहुँचबाट टाढा छ । दार्चुलाको नौगाड र अपिहिमाल गाउँपालिकामा राष्ट्यि प्रसारण लाईनको बिजुली पुगेको छैन् ।

प्राधिकरणका अनुसार देशभर ६२ लाख १८ हजार तीन सय ९५ घरधुरी रहेकामा तीमध्ये ८९ दशमलव ७० प्रतिशतमा बिजुली पुगेको छ । प्रदेश नं १ मा ८६ दशमलव ९५ प्रतिशत, प्रदेश नं २ मा ९९ दशमलव ६६ प्रतिशत, वाग्मतीमा ९५ दशमलव ९१ प्रतिशत, गण्डकीमा ९५ दशमलव ६८ प्रतिशत, लुम्बिनीमा ९४ दशमलव ९१ प्रतिशत, कर्णालीमा ४३ दशमलव ८७ प्रतिशत र सुदूरपश्चिममा ७१ दशमलव ०७ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । प्राधिकरणले धेरैजसो ठाउँमा ११ र ३३ केभी क्षमताका प्रसारण लाइनमार्फत बिजुली दिएको छ । ती प्रसारण लाइनको क्षमता वृद्धि गर्ने र ट्रान्सफर्मर थप क्षमताको राख्ने लक्ष्यका साथ प्राधिकरणले काम गरिरहेको छ । यसबाट गुणस्तरीय र भरपर्दो बिजुली उपलब्ध हुनेछ ।

कर्णाली प्रदेशको कुल तीन लाख ४७ हजार नौ सय ३६ घरमध्ये अहिलेसम्म ४३ दशमलव ८७ प्रतिशतमा मात्रै बिजुली उपलब्ध भएको छ । पश्चिम रुकुममा ७५ दशमलव ०२, सल्यानमा ५२ दशमलव ८८ प्रतिशत घरमा विद्युतीकरण हुँदा मुगुमा १९ दशमलव ६४, जाजरकोटमा १६ दशमलव १५, जुम्लामा १९ दशमलव ३० प्रतिशतमा सीमित छ । विवरणअनुसार सुर्खेतको तीन, दैलेखको तीन, जाजरकोटको चार, डोल्पाको ६, जुम्लाको पाँच, कालीकोटको एक, मुगुको तीन, हुम्लाको चार पालिकामा बिजुली उपलब्ध हुन सकेको छैन । पहाडको बिजुली तानेर तराइ र सहरमा झिलिमिलि भएपनि पहाडी दुर्गम गाउँहरु अझैपनि अन्धकारमा छन् ।

 

विद्युत कार्यालय र ठेकेदार जिम्मेवार नबन्दा दार्चुलामा विद्युतिकरणमा ढिलाइ भइरहेको छ । सरोकारवालाहरुको ढिलासुस्ती र गैरजिम्मेवारीका कारण विद्युत विस्तारमा लक्ष्यअनुसार प्रगति हुन सकेको छैन, भने भएको ठाउँमा समेत नियमित विद्युत आपुर्ती भइरहेको छैन् । विद्युत लाइन विस्ता र भएका ठाउँहरुमा समेत समयमै विद्युतिकरण नहुँदा लक्ष्य अनुसार २०२२ भित्रै जिल्ला भित्र विद्युतिकरण नहुँने देखिएको छ।

Leave A Reply

Your email address will not be published.