दार्चुलाका सबै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

दार्चुला। दार्चुलाका सबै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका छन्। जिल्लाका दुई नगरपालिका र सात गाउँपालिका गरी सबै नौ स्थानीय तहले पूर्णखोप सुनिश्चितता घोषणा गरेका हुन्।

जन्मदेखि २३ महिनासम्मका बालबालिका तथा नियमित खोप तालिकाअनुसार छुटेका सबै बालबालिकालाई आवश्यक खोप लगाइसकेपछि स्थानीय तहहरूले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन्।

स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र भट्टका अनुसार जिल्लाका सबै स्थानीय तहले पूर्णखोप सुनिश्चितता घोषणा गरिसकेकाले अब केही दिनभित्रै दार्चुलालाई नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ।

स्वास्थ्य कार्यालयका अनुसार पूर्णखोप सुनिश्चितता घोषणासँगै आगामी दिनमा पनि कुनै पनि बालबालिका नियमित खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ खोप कार्यक्रमलाई दिगो रूपमा सञ्चालन गरिनेछ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.