डिप्रेसनबाट पीडित दार्चुलाकी महिला सम्पर्कविहीन, खोजीमा सहयोग गर्न आग्रह

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–५ रिठा निवासी ३८ वर्षीया रुक्मणी विष्ट सम्पर्कविहीन हुनुभएको छ।

पारिवारिक स्रोतका अनुसार विष्ट बिहीबार बिहान करिब ११ बजे घरबाट निस्किनुभएपछि हालसम्म सम्पर्कमा आउनु भएको छैन।

परिवारले उहाँको खोजी कार्य जारी राखे पनि हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन। परिवारका अनुसार विष्ट डिप्रेसनको समस्याबाट पीडित हुनुहुन्छ।

उहाँलाई कतै देखेमा वा उहाँबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अथवा उहाँका श्रीमान जयानन्द विष्टको मोबाइल नम्बर ९८६५९०४१३१ मा सम्पर्क गरी सहयोग गरिदिन परिवारले सबैमा अनुरोध गरेको छ। परिवारले विष्टको सुरक्षित खोजीका लागि स्थानीयवासी तथा सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.