बैतडी बस दुर्घटना अबडेट: दुई जनाको अवस्था गम्भीर

बैतडी ।  बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ। धनगढीबाट बैतडी आउदै गरेको सुपप्र ०१ ००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो साढे ३ बजे बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो।

बसमा सवार १७ जनाको उद्दार गरी पाटन स्वास्थ्य चौकी, खोड्पे स्वास्थ्य चौकी र डडेल्धुरा अस्पताल लगिएको छ भने २ जनाको अवस्था गम्भीर रहेको जानकारी प्रहरी कार्यालय बैतडीका डिएसपी भुवन तिमिल्सेनाले दिए। बस सडकबाट १०० मिटर तल खसेको डिएसपी तिमिल्सेनाले बताएका छन्।

यो समाचार पनि पढ्नुस्–

बैतडीमा बस दुर्घटना

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.