दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा–३ लालीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) भवन निर्माण गरिएको छ ।
करिब ५७ लाख रुपैयाँको लागतमा बीओपी भवन निर्माण गरिएको हो । भवन निर्माण भएसँगै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। लाली क्षेत्र नेपाल–भारत जोड्ने महत्वपूर्ण सीमानाका हो ।
त्यहा रहेको झोलुङ्गे पुलमार्फत दुई देशबीचका स्थानीय नागरीकहरु आवतजावत गदै आएका छन् सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यले सशस्त्र प्रहरी बलका लागि बीओपी भवन निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले जनाएको छ ।
भवन निर्माण सम्पन्न भएसँगै सशस्त्र प्रहरीको नियमित सुरक्षा गस्ती, सीमा निगरानी तथा सीमापार हुने गतिविधिको प्रभावकारी व्यवस्थापनमा सहजता हुने विश्वास गरिएको छ।