बझाङमा ४२ वर्षीय पुरुषको हत्या, अनुसन्धानका लागि ६ जना नियन्त्रणमा

बझाङ । बझाङमा एक ४२ वर्षीय पुरुषको हत्या भएको छ। जिल्लाको केदारस्युँ गाउँपालिका–६, त्याडीगाउँ निवासी मोहनबहादुर बोहरा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार शुक्रबार साँझ आपसी विवादका क्रममा बोहराको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनको शव मकैबारीमा फालिएको अवस्थामा फेला परेको थियो।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। डीएसपी जोराले अनुसन्धान जारी रहेकाले घटनाको विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.