कञ्चनपुर, असार २३
कञ्चनपुरका एक युवा किसान उद्यमीले महाकाली प्रादेशिक अस्पताललाई ह्यिलचियर सहयोग गरेका छन ।

भीमदत्त नगरपालिका १६मझगाँउका स्थानीय किसान उद्यमी दशरथ धानुकले महाकाली प्रादेशिक अस्पताललाई ह्यिलचियर सहयोग गरेका हुन । धानुकले पुजनिय बाबु रामचन्द्र धानुक, ममतामी आमा हंसादेवी धानुक सहित जिवनसंगिनी , सन्तान सहित घर परिवारले समाजिक कामगर्ने उदेश्यका साथ दुई थान ह्यिलचियर दिएको बताए । सोमबार एक कार्यक्रमका विच धानुक परिवारले महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष महेश पन्त, मेसु डा। जगदिश जोशी सहितलाई हस्तान्तरण गरेका छन । धानुक परिवारले दुई थान ह्यिलचियर अस्पताललाई हस्तान्तरण गरेसंगै बिरामीलाई सहज हुनेछ ।