डिभिजन वन कार्यालय दार्चुलाद्वारा निःशुल्क बिरुवा वितरण सुरु

दार्चुला। डिभिजन वन कार्यालय दार्चुलाले वन संरक्षण, हरियाली प्रवर्द्धन तथा आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले विभिन्न प्रजातिका बिरुवाहरू निःशुल्क वितरण गरिरहेको जनाएको छ।

कार्यालयका अनुसार असार १८ गतेदेखि सब डिभिजन वन कार्यालय गोकुलेश्वर र डिभिजन वन कार्यालय दार्चुलामार्फत टिमुर, तेजपात, रिठा, अमला, चिउरी, कोइरालो, इपिल–इपिल, लप्सी, सिसौ, मसला, टिक, सल्लालगायतका बिरुवाहरू निःशुल्क वितरण भइरहेको छ।

वन कार्यालयले सामुदायिक वन उपभोक्ता, कृषक तथा सर्वसाधारणलाई आवश्यकताअनुसार बिरुवा लगेर सामुदायिक वनका खाली स्थान तथा आफ्नै निजी जग्गामा रोपण गर्न आग्रह गरेको छ।

कार्यालयले बिरुवा रोपणबाट वातावरण संरक्षणमा योगदान पुग्नुका साथै खाली जमिनको सदुपयोग भई दीर्घकालीन रूपमा आयआर्जनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

इच्छुक उपभोक्ताले सब डिभिजन वन कार्यालय गोकुलेश्वर वा डिभिजन वन कार्यालय दार्चुलाबाट निःशुल्क बिरुवा प्राप्त गर्न सक्ने जनाइएको छ।

Leave A Reply

Your email address will not be published.