दार्चुला । दार्चुला जिल्लालाइ पुर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने भएको छ ।
राष्ट्रिय पुर्णखोप सुनिश्चितता निर्देशिका २०७१ तेस्रो संस्करण २०७७ बमोजिम दार्चुला जिल्लामा पुर्णखोप सुनिश्चितता र दिगोपना सम्बन्धि गरिनुपर्ने सम्पुर्ण क्रियाकलाप र प्रकृयाहरु पुरा भएकाले यहि असार २८ गते एक कार्यक्रमका बिच जिल्लालाइ पुर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
यसअघि दार्चुलाका सबै स्थानीयतहहरु पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भइ सकेका छन् । जन्मदेखि २३ महिनासम्मका बालबालिका तथा नियमित खोप तालिका अनुसार छुटेका सबै बालबालिकालाई आवश्यक खोप लगाइ सकेपछि स्थानीयतहहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएका हुन ।
