लेकम गाउँपालिकाका ५ खानेपानीका मुहानमा कोलिफर्म जीवाणु भेटियो (भिडिओ)

दार्चुला । लेकम गाउँपालिकामा पछिल्लो पटक परीक्षण गरिएका ११ वटा खानेपानीका मुहानमध्ये ५ वटा मुहानको पानीमा कोलिफर्म (दिसामा पाइने जीवाणु) फेला परेको छ।

परीक्षणअनुसार मुहानबाट धारासम्म वितरण हुने पानीमा जीवाणु देखिएपछि सम्बन्धित उपभोक्तालाई पानी उमालेर मात्र पिउन र खानेपानी प्रणालीमा सरसफाइ गर्न आग्रह गरिएको छ।

परीक्षण गरिएका मध्ये ६ वटा खानेपानी मुहानमा कोलिफर्म नभेट्टिएको बताइएको छ ।

कोलिफर्म जीवाणु भेटिएका मुहानहरूमा लेकम–३ उकुस्थित मट्यापड तल्लो मुहान, लेकम–४ को मङरौ मुहान स्किम–२, लेकम–५ को बसन्ते मुहान (जयपुर मन्दिर हुँदै वितरण हुने पानी), लेकम–५ कै लटमाणु मूल खर्क तथा लेकम–४ को मानविसा मूल (चौरीपातल) रहेका छन्।

परीक्षणको नतिजापछि सम्बन्धित उपभोक्ता समितिहरू तथा स्थानीयवासीलाई सावधानी अपनाउन आग्रह गरिएको छ। गाउँपालिकाले मुहानदेखि धारासम्म पुग्ने सम्पूर्ण खानेपानी प्रणालीमा व्यापक सरसफाइ गरी पुनः पानी परीक्षण गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.