दार्चुलामा फरार ८४ प्रतिवादी पक्राउ

दार्चुला । दार्चुलामा विभिन्न मुद्दाका ८४ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

विगत लामो सयमदेखि फरार रहेका ८४ जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुला र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

लामो समयदेखि फरार रहेका १ सय ७ जना प्रतिवादीमध्ये चालू आर्थिक वर्षमा ८४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हेम राज भट्टले जानकारी दिए ।

लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानूनी कारबाहीको दायराबाट भागेर फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरिएको भट्टले बताए ।

उनीहरुबाट ३४ वर्ष ८ महिना कैद भुक्तान र ५ लाख ३० हजार ३९४ रुपैयाँ जरिवाना असुल उपर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले फरार प्रतिवादी पक्राउमा ७८ दशमलव ५० प्रतिशत प्रगति हासिल गरेको छ ।

यसैबीच यस आर्थिक वर्षमा चालू मुद्धाका १ सय ५७ प्रतिवादी रहेकोमा १ सय ५३ जनालाई पक्राउ गरिएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.