दार्चुला – नेपाल प्रहरीले एक हजार नौ सय ७१ जना प्रहरी जवान माग गरेको छ।
आज गोरखापत्रमा सूचना प्रकाशित गरेर प्रहरी प्रधान कार्यालयले उक्त संख्यामा प्रहरी जवान माग गरेको हो। एक सय ४६ जना प्रहरी निरीक्षक इन्स्पेक्टर माग गर्दै आवेदन खुला भएको छ। दरखास्त फारम दर्ता मिति २०७८ ०८ १९ देखि २०७८ ०९ २३ सम्म कार्यालय समय बिहान १० बजेदेखि रहेको छ
प्रहरी निरीक्षक, प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी पदहरूमा खुला र समावेशी प्रावधान अनुसार पदपूर्ति गर्ने गरी आवेदन खुला गरिएको छ।
