दार्चुलामा भिरबाट लडेर घाइते भएका युवकको उपचारका क्रममा बाटोमै मृत्यु

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–६ गणेतका २४ वर्षीय शंकर सार्की ९खनाल० को भिरबाट लडेर गम्भीर घाइते भएपछि उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शनिबार बिहान स्थानीयवासीले उनलाई रिठेगाढ खोलामा घाइते अवस्थामा फेला पारेपछि तत्काल उद्धार गरी गोकुलेश्वर अस्पताल पुर्‍याएका थिए।

प्रारम्भिक उपचारका क्रममा उनको टाउकोमा गम्भीर चोट लागेको चिकित्सकले बताएका थिए। गोकुलेश्वर अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको थियो।

तर एम्बुलेन्समार्फत धनगढी लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

घटनापछि गाउँमा शोक छाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.