रातिको समयमा दार्चुलामा सवारी आवागमनमा रोक

दार्चुला । लगातारको वर्षाका कारण सडकहरू जोखिमपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामी द्वारा जारी सूचना अनुसार वर्षायाममा जुनसुकै बेला सडक अवरुद्ध भई दुर्घटना हुन सक्ने जोखिम बढेकाले जनधनको क्षति न्यूनीकरणका लागि उक्त निर्णय गरिएको हो।

प्रशासनले जारी गरेको सूचनाअनुसार खलंगाबाट जिल्लाबाहिर जाने लामो दूरीका सवारी साधनहरूले अपराह्न ३:०० बजेसम्म प्रस्थान गरिसक्न निर्देशन जारी भएको छ ।

यस्तै खलंगाबाट जिल्लाभित्र सञ्चालन हुने छोटो दूरीका सवारी साधनहरूले अपराह्न ४:०० बजेसम्म प्रस्थान गर्न भनिएको छ । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम आउने सवारी साधनहरूले अपराह्न ४:०० बजेभित्र सदरमुकाम पुग्न आग्रह गरिएको छ ।
गोकुलेश्वरबाट पनेबाज सम्म आउने सवारी साधनहरू बेलुका ६:०० बजेसम्म पुगिसक्नुपर्ने प्रशासनले सूचना मार्फत जानरी दिएको छ ।

Leave A Reply

Your email address will not be published.